भारतीय अभिनेत्री श्रीदेवीको निधन !

भारतीय अभिनेत्री श्रीदेवीको निधन !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय भेट्रान अभिनेत्री श्रीदेवी कपूरको निधन भएको छ ।   ५४ वर्षको उमेरमा उनले हृदयघातका कारण आईतबार विहान प्राण त्यागिन । दुबईमा एउटा वैवाहिक समारोहमा सहभागी भएका बखत उनलाई हृदयघात भएको थियो  ।
श्रीदेवीको निधनको खबरले अहिले बलिउड स्तब्ध छ । केहि दिन पहिले श्रीदेवी पति बोनी कपूर र कान्छी छोरीसँग नातेदारी विवाहको लागि दुबई पुगेका थिए । भारतीय मिडियाका अनुसार मुम्बईस्थित श्रीदेवीको घरमा आफन्तहरुको भिड सुरु भैसकेको छ ।
अहिले मुम्बईमा श्रीदेवीको जेठी छोरी जाहंवी कपूर मात्र छिन् । उनि सिनेमा ‘धड़क’को सुटिङ सेड्युलका कारण दुबई विहेमा सरिक हुन् पाएकी थिइनन ।

सामाजिक संजालमा भाइरल:- एकाविहानै श्रीदेवी निधनले सबैलाई स्तब्ध तुल्याएको छ । यसैविच सम्पूर्ण बलिउड देखि लिएर श्रीदेवीलाई चिन्ने जति क्षेत्रका व्यक्तित्वहरुले पनि सामाजिक संजालमा श्रीदेवीको निधनप्रति श्रद्धांजलि पोस्ट गरिरहेका छन् । अहिले फेसबुक, ट्वीटरजस्ता प्रभावशालि संजाल श्रीदेवीमय भएको छ ।
करियरको सुरुवात: १९६७ तामिलनाडूमा जन्मिएकी श्रीदेवीले १९७५ मा रिलिज भएको ‘जुली’बाट डेब्यु गरेकी थिइन् । तर, यो सिनेमामा उनि बालकलाकार थिइन् । उनले १९८३ मा प्रदर्शनमा भएको ‘हिम्मतवाला’बाट सफलताको झण्डा गाड्न सफल भइन । उसो त श्रीदेवीले आफ्नो अभिनय करियर तामिल सिनेमाबाट गरेकी थिइन् ।
तामिल, मलायलम, तलेगु, कन्नडाका गरि २ सय बढी सिनेमामा अभिनय गरिसकेकी छन् । बलिउडमा उनको अन्तिम सिनेमा ‘मोम’ बन्यो । उक्त सिनेमामा २०१७ मा प्रदर्शन भएको थियो । त्यस्तै शाहरुख खानको ‘जिरो’मा उनको केमियो रहेको बताईएको छ । ६ पटक विभिन्न विधामा फिल्मफेयर अवार्ड जितेकी श्रीदेवीलाई २०१३मा पद्माश्री अवार्डबाट पनि सम्मानित गरिएको थियो ।