श्रीदेवीलाई राजकीय सम्मानका साथ विदाई (फोटोफिचर)

श्रीदेवीलाई राजकीय सम्मानका साथ विदाई (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भारतीय अभिनेत्री श्रीदेवीको शवलाई राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ । बुधबार मुम्बईको विले पार्ले सेवा समाज आर्यघाटमा उनको अन्तिम संस्कार गरियो । पन्चतत्वमा विलिन हुनु भन्दा पहिले पति बोनी कपूरले श्रीदेवीको शवमा दागबत्ती दिए ।

यो भन्दा अगाडी श्रीदेवीको पार्थिव शरीरलाई लोखंडवालास्थित सेलेब्रेसन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो । श्रीदेवीको अन्तिम दर्शनका लागि बलिउडनै उर्लियो । त्यस्तै राजनीतिक क्षेत्रका हस्ति र उनका फ्यानहरु श्रीदेवीको अन्तिम यात्रामा हिडे । श्रीदेवीको पार्थिव शरीरलाई सुहागन जस्तै सजाईएको थियो ।

तस्विर: कोइमोई डटकम

भारतीय अभिनेत्री श्रीदेवीको निधन !

नसाका कारण भएको हो श्रीदेवीको निधन ?

अपडेट: यसरी भयो श्रीदेवीको निधन, आज अन्तेष्टि हुँदै

‘लेडी अमिताभ’को मृत्यु अघि नै अमिताभलाई थियो आभास ?