‘लेडी अमिताभ’को मृत्यु अघि नै अमिताभलाई थियो आभास ?

‘लेडी अमिताभ’को मृत्यु अघि नै अमिताभलाई थियो आभास ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भान्जाको विहेमा सरिक हुन् परिवारसहित दुबई पुगेकी बलिउड अभिनेत्री श्रीदेवी अब कहिले बलिउड फर्कने छैनन । आइतबार विहान हृदयघातका कारण बलिउडकी ‘लेडी अमिताभ’ले सबैलाई स्तब्ध पार्दै संसार छोडिन ।

५४ वर्षको उमेरमै संसार छोडेकी श्रीदेवीलाई ‘लेडी अमिताभ’को नामले पनि पुकारिन्छ । त्यसैले होला अमिताभ बच्चनले श्रीदेवी निधनको आभास ३ घण्टा अगाडी नै पाए ? श्रीदेवीको निधन हुनु भन्दा ३ घण्टा पहिले अमिताभले यस्तो ट्वीट गरेका थिए ‘T 2625 – न जाने क्यूँ , एक अजीब सी घबराहट हो रही है !!’ हुनत् यो संयोग हुन् पनि सक्छ । तर, अमिताभको ट्वीट र श्रीदेवीको निधनलाई लिएर बलिउडमा अर्को चर्चा सुरु भएको छ ।

अमिताभको उक्त ट्वीटमा अहिले श्रीदेवीलाई लिएर रिट्वीट भैरहेका छन् ।

 

जसरि बलिउडका महानायक भनेर अमिताभलाई चिनिन्छ । भने, ‘लेडी’को मामिलामा यो दर्जा श्रीदेवीले पाउने गरेकी थिइन् । बलिउड मात्र होइन भारतका सबै ठुला सिनेमा उद्धयोगमा ८० को दशक श्रीदेवीमय थियो । अमिताभ र श्रीदेवीले चार सिनेमामा सँगै काम गरेका थिए ।

भारतीय अभिनेत्री श्रीदेवीको निधन !