भ्यालेन्टाइनमा दया र श्वेताको गुलाव साटासाट !

भ्यालेन्टाइनमा दया र श्वेताको गुलाव साटासाट !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – श्वेता खड्का र दयाहाङ राईले पहिलो पटक स्क्रिन शेयर गरेको सिनेमा ‘कान्छी’ यहिँ फागुन ४ देखि अलनेपाल रिलिज हुदैछ ।

सार्वजनिक गीत, ट्रेलर र पोस्टरले बनाएको हाईपले गर्दा ‘कान्छी’ दर्शक माझ प्रतिक्षित छ । यसैविच सिनेमाको बारेमा जानकारी दिन केहि दिन अगाडी ‘कान्छी’ टिम राजधानी बाहिरका मुख्य शहरहरुमा पुगेको थियो ।

चितवनमा सिनेमाको जानकारी दिएर पोखरा पुगेको ‘कान्छी’ जोडी दया र श्वेताले फेवातालको बीचमा भ्यालेन्टाइन पोज दिए । उनिहरु ‘बोट’मा बसेर रातो गुलाव पनि साटासाट गर्न भ्याए । तर, उनीहरुको गुलाव साटासाट रियल भावनामा नभई ‘कान्छी’ सिनेमामा जोडी बाँधिएको अवसरमा थियो । यी दुईले ‘कान्छी’मा समावेश केहि प्रेमिल संवादसमेत बोलेका थिए ।

उनिहरुले भने ‘‘कान्छी’ जवसम्म हलमा चलिरहन्छ, तवसम्म हामि जोडी हौ । प्रेम गर्नेहरुका यो दिन त्यसै पनि विशेष भैदिन्छ । त्यसैले ‘कान्छी’ जोडीलाई लिएर सकारात्मक भैदिनु हुन् आग्रह गर्दछौ ।’

आकाश अधिकारी निर्देशित सिनेमामा श्वेता र दयासँगै वरिष्ठ कलाकार नीर शाह, अभिनेत्री अनु शाह, कलाकारहरु कामेश्वर चौरसिया, आशान्तशर्मा, भूमिका श्रेष्ठ, प्रज्वलसुजल गिरी लगायतको अभिनय छ ।

यम थापाको स्क्रिप्टमा बनेको ‘कान्छी’मा राजनराज सिवाकोटी/अर्जुन पोखरेलको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र श्वेताकै निर्माण रहेको छ ।