प्रिमियरमा ‘शेरबहादुर’को तारिफ, सुनिल थापाको काम उत्कृष्ट

प्रिमियरमा ‘शेरबहादुर’को तारिफ, सुनिल थापाको काम उत्कृष्ट

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यस साता ‘माघ १९’मा प्रदर्शन हुने सिनेमा ‘शेरबहादुर’ले प्रिमियरबाट तारिफ बटुलेको छ । बुधबार राजधानीस्थित कुमारी हलमा सम्पन्न प्रिमियरमा सिनेमा क्षेत्रका चर्चित अनुहारसहित प्रेसको बाक्लो भिडले सिनेमा हेर्यो ।

अहिले चलिरहेका धार भन्दा भिन्न विषयबस्तु र जानराको सिनेमा हेर्न पाउँदा खुसि लागेकोको प्रिमियरमा उपस्थित अधिकाँसको प्रतिक्रिया थियो । सिनेमाबाट सुनिल थापा र मेनुका प्रधानले अभिनयको तारिफ बटुले ।
प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, करिश्मा मानन्धर, दीपाश्री निरौला, दीपकराज गिरी, पल शाह, आँचल शर्मा, किरण केसी, प्रदीप भट्टराई लगायत थुप्रै सिनेकर्मी पाहुना बनेर पुगे । प्रिमियर पश्चात मुख्य कलाकारद्वय सुनिल थापा, कर्मा, रविन्द्र झाले उपस्थित सबैबाट प्रतिक्रिया बुझे ।

केहि कमिकमजोरीका वावजुत सिनेमा हेर्न लायक बनेको समिक्षकले प्रतिक्रिया दिए ।

सस्पेन्स थ्रिलर सिनेमालाई आर राजबंशीले निर्देशन गरेका हुन् । सिनेमा सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका छ ।

ट्रेलर रिलिज बिना नै रिलिजको तयारीमा रहेको सिनेमालाई धरानमा खिचिएको छ । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको सिनेमालाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार सिनेमालाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।