चार प्रदेशमा ‘शत्रु गते’को टूर !

चार प्रदेशमा ‘शत्रु गते’को टूर !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – पछिल्लो समय नेपाली सिनेमाले मोफसलमा पनि प्रचारलाई पनि स्थान दिन थालेका छन् । नेपाली सिनेमाको बक्सअफिस कलेक्सनमा मोफसलबाट ४० प्रतिशतको हिस्सा रहन्छ । त्यसैले पनि रिलिजताका पुरै टिमनै मोफसलका ठुला शहरहरुमा प्रचारको लागि निक्लने गरेका छन् ।

त्यस्तै चैत ९ गते प्रदर्शन हुने ‘शत्रु गते’ले पनि मोफसलमा विशाल टूर गर्ने भएको छ । ‘रुस्लान मह शत्रु गते यात्रा २०७४’ नाम दिईएको टूरमा हरिबंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले सहभागी हुनेछन् ।

मोफसलका दर्शक तथा संचारकर्मीसँगको भेटघाटका लागि फागुन २३ देखि ३० गतेसम्मको सेड्युल बनाइएको छ । २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गतेको इटहरी टूर पछी ‘शत्रु गते’ टिम राजधानी फर्कने छ ।

महसंचारको व्यानरमा निर्माण भएको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका अलावा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

किरण केसी कार्यकारी निर्माता रहेको सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकी/कालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज/प्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।