शत्रुगते डबिङ: पलको ३० प्रतिशत बाँकी, अन्यको कति ?

शत्रुगते डबिङ: पलको ३० प्रतिशत बाँकी, अन्यको कति ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चैत ९ गेट रिलिज हुने सिनेमा ‘शत्रुगते’लाई आशाको रुपमा हेरिएको छ । स्टारहरुको भिड, पहिलो निर्देशन ‘जात्रा’बाटै ख्याती कमाएका निर्देशक प्रदीप भट्टराई र सार्वजनिक गीतको लोकप्रियताले सिनेमाको रिलिज डेट पर्खाइरहेको छ ।

किरण केसी

छायाँकन पुरा भैसकेको यो सिनेमा पोस्ट प्रोडक्सनको डबिङमा छ । र, पछिल्लो जानकारी अनुसार बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठसँगै किरण केसी र दीपाश्री निरौलाले डबिङ सिध्याईसकेका छन् । भने, पल शाहको ३० प्रतिशत बाँकी छ ।

मदनकृष्ण श्रेष्ठ

पलको डबिङ सकिए लगतै आँचल शर्मा, प्रियंका कार्की, शिवहरि पौडेल र दीपकराज गिरीले क्रमस… आफ्नो भागको डबिङ थाल्नेछन । ‘शत्रुगते’मा निर्देशक भट्टराईको पटकथासँगै संवाद पनि रहेको छ । भट्टराईलाई पटकथामा दीपकराज गिरी र संवादमा वरिष्ट कलाकार हरिवंश आचार्यले सहयोग गरेका छन् ।

प्रदीप भट्टराई

किरण केसी कार्यकारी निर्माता रहेको सिनेमामा रमिला आचार्य, यसोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेलको पनि लगानी छ । मह संचारको व्यानरमा निर्मित सिनेमामा दिर्घ गुरुङको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, राजनराज सिवाकोटीको संगीत रहेको छ ।