ट्रयाप रिलिज: शकिरा र मल्युमाको दोस्रो सहकार्य

ट्रयाप रिलिज: शकिरा र मल्युमाको दोस्रो सहकार्य

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘चन्टेज’को अपार सफलता पछी शकिरा र मल्युमाको नयाँ गीत ‘ट्रयाप’ रिलिज भएको छ । शकिराको एल्बम ‘एल डोराडो’मा समावेश गीत २६ जनवरीमा युट्युब मार्फत रिलिज गरिएको हो ।

यसअघि ‘एल डोराडो’बाट ‘चन्टेज’, ‘मि एनामोर’, ‘पेर्रो फेल’ रिलिज भैसकेका छन् । कोलम्बियन सिंगर शकिराको ‘एल डोराडो’ (अंग्रेजी- द गोल्डेन वान) ११ औं एल्बम हो । एस एल्बममा दोस्रो पटक शकिराले मल्युमालाई फिचर गरेकी छन् । कोलम्बियाकै मल्युमाको शकिरासँग जोडी सुहाएको विश्लेषणहरु सुरु भैसकेका छन् ।

शकिरा र मल्युमा फिचर्ड पहिलो गीतले युट्युबमा २ अर्व बढी भ्युज बटुलिसकेको छ । ‘ट्रयाप’ले पनि १३ घण्टामा ४६ लाख बढी भ्युज पाईसकेको छ । ज्युइम डे लेग्वाना निर्देशित भिडियोमा शकिरा, मल्युमा, चेन एल जेनिओ (रुड ब्वाइज), केभिन जिमेनेज, लुइस फर्नान्डो ओचोको लगानी छ ।