संरक्षण: होलि गीत रि-रिलिज, फागुन १७ मा तराई !

संरक्षण: होलि गीत रि-रिलिज, फागुन १७ मा तराई !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – गत साउन २७ गते प्रदर्शनमा आएको सिनेमा ‘संरक्षण’ तराईका केहि जिल्लामा बाढीका कारण स्थगित भएको थियो । अब, उक्त क्षेत्रमा सिनेमा पुन: रिलिज हुने भएको छ ।

होलिको असवर पारेर फागुन १७ मा तराईका प्रमुख शहरहरुमा रिलिज हुने सिनेमाको नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ । तराईको कथा सेटिङ बुनेको सिनेमाले पहिलो रिलिजमा राम्रो प्रतिक्रिया पनि पाएको थियो । होलिको अवसर पारेर ‘होरिमे गोरी…’ बोलको गीत पनि पुन: युट्युब अपलोड गरिएको छ ।

पुर्णेन्दु निर्देशित सिनेमामा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिन जोशी, प्रमोद अग्रहरी, रमेश रंजन, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह लगायतका कलाकारको अभिनय छ ।

नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव, श्वेता शाहको लगानी रहेको सिनेमामा हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ ।