साम्राज्ञी र नाजिरका स्पष्टीकरण

साम्राज्ञी र नाजिरका स्पष्टीकरण

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – आइतबार राजधानीमा आयोजित ‘तिमि सँग’को प्रेसमिटमा कलाकारद्वय साम्राज्ञी राज्य लक्ष्मी शाह र नाजिर हुसेनले मिडियामा आएका भ्रामक समाचारप्रति स्पष्टीकरण दिदै आक्रोस पोखे ।

भदौमा ‘ए मेरो हजुर २’ हिट दिएकी साम्राज्ञीले यहिँ बीचमा दुई ठुला भ्रामक समाचार र गसिपको तानव झेल्नु पर्यो । सार्वजनिक रुपमा मिडियामा स्पष्टीकरण दिन नपाएकी साम्राज्ञीले ‘तिमि सँग’ प्रेसमिटमा भने सबै कुरा प्रष्ट पारिन ।

‘साम्राज्ञीले गाउँले रोल मन पर्दैन’ भनेको भ्रामक समाचार बिल्कुलै गलत रहेको बताइन । ‘एउटा कलाकारलाई हरेक भूमिकामा काम गर्न मन हुन्छ । जुन सिनेमाको बारेमा गलत समाचार बाहिरियो, त्यो सरासर गलत थियो । अशोक शर्मा सरले ‘तिमि सँग’ निर्देशक शिशिर राणाको ‘थ्रु’बाट मलाई सिनेमामा अफर गर्नु भएको थियो । जति बेला म ‘इन्टु मिन्टु लण्डनमा’ सिनेमाको लागि व्यस्त थिए । त्यसैले मैले स्क्रिप्ट  शिशिर सरलाई नै पढ्न लगाए । मलाई स्क्रिप्ट मन पर्यो । तर, समय छुट्याउन सकिएन । त्यस कारण अशोक सरको सिनेमा गर्न सकिन ।’ उनले यस विषयमा अशोक सरलाई पनि सोध्न आग्रह गरिन ।

त्यस्तै फिलिपिन्समा ‘कायरा’ छायाँकनताका रिलिज भएको ट्याटुवाला फोटोको विषयमा पत्रकारले सोधेको, ‘ट्याटु फोटो सम्वन्धि नकारात्मक कमेन्ट आउँदा आफुलाई कसरि सम्हानु भयो ?’ भन्ने प्रश्नमा केहि मिडियालाई आक्रोस व्यक्त गरिन् ।

‘त्यो गल्तिबस ट्याटु आर्टिस्टले रिलिज गरिदिएका थिए । तर, केहि मिडियामा साम्राज्ञीले नै रिलिज गरिन् भनेर समाचार आए । जुन कुराले चित्त पनि दुख्यो । उनले आक्रोस व्यक्त गर्दै भनिन् ‘बितीसकेको कुरालाई किन पुन: कोट्याउनु हुन्छ । अब यो विषयमा कुरै नगरौ ।’

उता नाजिर हुसेनलाई ‘ए मेरो हजुर २’ छोड्नुको कारण सोध्दा, उनले समय नमिलेर छोडेको बताए । पत्रकारले ‘ए मेरो हजुर २’मा साम्राज्ञीको अपोजिट भूमिका नपाएपछी सिनेमा छोडेको ? प्रश्न सोध्दा आक्रोस हुँदै समाचार लेख्नु अगाडी आफुलाई सोध्न सुझाव दिए । ‘उनले भने समय नमिलेका कारण मैले ‘ए मेरो हजुर २’ छोडेको हु । मलाई निर्माताको अगाडी राखेर कुरा गराउनु हुन्छ भने पनि ‘फेस टु फेस’ कुरा गर्न सक्छु ।’ नाजिरले एक वर्षमा एक सिनेमा मात्र गर्ने आफ्नो औकात पनि नरहेको बताए । ‘मैले जीवन चलाउन कम्ति २-३ सिनेमा गर्नु पर्छ । धेरै सिनेमा गर्ने सोच लिएको मान्छेले कसरि भूमिकाकै लागि भनेर सिनेमा छोड्न सक्छु र ?’

शिशिर राणा निर्देशित सिनेमामा साम्राज्ञी र नाजिरले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । सांगीतिक प्रेमकथानक सिनेमामा आकाश श्रेष्ठको पनि मुख्य भूमिका छ । सिनेमा चैत ३० मा प्रदर्शन हुदैछ ।

तस्विर: उद्दव रसाइली