साम्राज्ञीले ‘गाउँले मनपर्दैन’ नभनेको खुलासा: यस्तो रहेछ खास कुरा

साम्राज्ञीले ‘गाउँले मनपर्दैन’ नभनेको खुलासा: यस्तो रहेछ खास कुरा

The Cinema Times

द सिनेमा टाइम्स काठमाण्डौ –  सेलिब्रेटी हुनु एउटा लोभलाग्दो सफलता हो। तर, कहिलेकाही त्यसको मूल्य पनि चुकाउनुपर्छ। विशेषगरी संचारमाध्यममा छापिने गसिपका कारण सेलिब्रेटीले त्यसको मूल्य चुकाउने गरेका छन्। पछिल्लो समय प्रतिभावान स्टारका रूपमा उदाइरहेकी साम्राज्ञी राज्य लक्ष्मी शाह, त्यसको प्रतिनिधि उदाहरण हुन्। अनलाइनहरूले गसिपलाई समाचार बनाएर प्रेषित गरे। समाचारका शीर्षकहरूको आशय थियो, ‘मलाई गाउँले मन पर्दैन: साम्राज्ञी’। ती समाचारहरूले सामाजिक संजालहरूमा एकाएक भाइरल भए।

गाऊँ नै गाँऊले भरिएको नेपालका नेपालीहरूका लागि सो समाचारको विषय पाच्य भएन। मानिसहरूले सामाजिक संजालमा साम्राज्ञीको चर्को आलोचनाका साथमा गाली गौलज बर्षाए। बाध्य भएर साम्राज्ञीले आफ्नो फेसबुक मार्फत भ्रामक समाचारको स्पष्टिकरण दिइन। बिहिबार निर्माण घोषणा गरिएको अशोक शर्माको ‘जय भोले’को कार्यक्रममा उक्त प्रसंगको खास कारण बाहिरियो।

निर्देशक अशोक शर्माले आफ्नो सिनेमालाई सुहाउने भुमिकाको लागि स्वस्तिमा खड्का पहिलो रोजाइ भएको तर एक साथीको सल्लाहमा एकपटक मात्र भेटघाट भएको र सिनेमाका बारेमा गम्भिर कुरा नभएको बताए।‘उनको तत्काललाई समय नभएको कुरा आयो, उता ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मको लागी विदेश रहनेसम्मको कुरा आएपछि हाम्रो फिल्मको कुरा नै अघि बढेको थिएन । हाम्रो फिल्ममा गाउँले कथा नै छैन्  बजारका हल्ला गलत हुन् ।

उनले सो फिल्मसँग सम्बन्धित भएर छापिएका समाचारले आफूलाई समेत अचम्ममा पारेको बताए। साम्राज्ञीको फेसबुक स्पस्टिकरण तथा शर्माको सो अभिव्यक्तिले साम्राज्ञी गलत समाचारबाट पीडित हुनपुगेको स्पष्ट भएको छ। यस समाचारले उनको प्रतिष्ठामा आघात गरेको छ नै, त्यससँगै हल्लाकै भरमा समाचार लेख्नाले समाचार संस्थाको विश्वसनियतालाई पनि आघात परेको छ।