सलमान बैशाखमा नेपाल आउने

सलमान बैशाखमा नेपाल आउने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २६ गते  कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड कलाकारहरु अब बैशाख पहिलो साता मात्र भित्रिने भएका छन् । ओडिसी इन्टरटेनमेन्टले अफिसियल फेसबुक पेजबाट नयाँ सुचना जारि गर्दै बैशाख पहिलो साता कार्यक्रम सरेको जानकारी दिएको छ । कार्यक्रमको लागि नयाँ मिति भने सार्वजनिक गरिएको छैन ।

‘दबंग द टूर नेपाल’ नामक कन्सर्टका लागि सलमान खानसहित बलिउडका चर्चित कलाकारहरु फागुन २६ मा नेपाल आउने तालिका थियो । तर, आयोजक ओडिसी इन्टरटेनमेन्टले विशेष कारणबस कन्सर्ट पुर्वनिर्धारित समयमा सम्पन गर्न नसकेको बताएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सलमानको कन्सर्ट विरोध गरेपछी कन्सर्ट तत्कालका लागि स्थगित भएको थियो ।

ओडीसी लेख्छआदरणीय शुभेच्छुक तथा दर्शकवृद, यसै फागुनको २६ गते टुडिखेलमा आयोजना गर्न लागिएको “दबगं द टूर नेपाल”, ‘विशेष कारण’ ले आगामी बैसाख पहिलो साताकालागि सारिएको व्यहोरा जानकारी गराउदछौं ।

यो परिस्थती आउनुको कारणबारे सबैलाई जानकारी भइसकेको छ । करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको छ । बैसाखमा हुने कार्यक्रमको दिन तय भएपछी हामी संचारमाध्यम, सोसलमिडियामार्फत पनि जानकारी गराउने नै छौं । टिकट लिइसक्नु भएका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न सक्नु हुने छ । टिकट बिक्रि जारी नै रहेको छ । यो विशेष परिस्थितीबारे बुझिदिनु भएकोमा ओडीसी परिवार आभारी छ ।‘

कन्सर्टमा सलमानसँगै सोनाक्षी सिंहा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मिट ब्रदर, मनिष पावल पनि प्रस्तुति रहने आयोजकले यसअघि नै जानकारी गराईसकेको थियो ।

कन्सर्टका लागि ३ हजारदेखि ३० हजारसम्मको टिकट दर तोकिएको छ । काठमाडौँको टुँडिखेलमा हुने कन्सर्टमा ३० हजार दर्शक उतार्ने आयोजकको लक्ष्य छ । अहिलेसम्म कन्सर्टका लागि ५ हजार बढी टिकट बिक्रि भैसकेका छन् ।