सत्यराजको ‘साढे ७’ दोस्रो ट्रेलर रिलिज

सत्यराजको ‘साढे ७’ दोस्रो ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फाल्गुन ११ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘साढे ७’को दोस्रो ट्रेलर रिलीज गरिएको छ । थ्रीलर ड्रामा सिनेमाको साँझ साढे सात बजे नै ट्रेलर रिलीज गरिएको थियो । गायक सत्यराज आचार्य सिनेमाका मुख्य पात्र हुन ।

राजनीतिक आन्दोलनका क्रममा रिपोर्टिङका लागी तराई पुगेको एक फोटो पत्रकारको मनोवैज्ञानीक र भौतीक द्धन्द नै सिनेमाको कथा हो । सिनेमामा सत्यराजसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल मुख्य कलाकार हुन । यो मल्टिस्टारर सिनेमालाई साम्तेन भुटियाले लेखन एवं निर्देशन गरेका हुन् ।

बरिष्ठ पत्रकार युवराज घिमिरेको समेत सिनेमामा केमियो भूमिका रहेको छ । सुनिल थापा, सत्यराज, स्वरुपराज आचार्य, नरेशदेव पन्त, डिजे सन्तोष र साम्तेन भुटिया स’साढे ७’का निर्माता हुन् । फिल्मको भीएफएक्स मूल्यलाई नेपाली सिनेमामै महंगोमध्ये मानिएको छ । चर्चित सेलेब्स सत्य–स्वरुप संगीत, निर्माण, पोस्टप्रोडक्सन, पाश्र्वगायन लगायतमा फिल्मभित्र सक्रिय छन् ।

https://youtu.be/UokrBPZE4Ww