‘साढे ७’लाई प्रिमियरमा यस्तो प्रतिक्रिया !

‘साढे ७’लाई प्रिमियरमा यस्तो प्रतिक्रिया !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ११ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘साढे ७’को प्रिमियर सम्पन्न भएको छ । साम्तेन भुटिया निर्देशित सिनेमाको प्रिमियरमा सिनेकर्मी, गायक/गायिका र संचारकर्मीको बाक्लो उपस्थिति रह्यो ।

प्रिमियरबाट सिनेमाले मिश्रीत प्रतिक्रिया बटुल्यो । बरिष्ठ कलाकार हरिबंश आचार्यसँगै सिताराम कट्टेल, किरन केसी, दिपाश्री निरौला, निर्मल शर्मा, सन्दिप क्षेत्री, अभिनेता सरोज खनाल, गायिका कुन्ती मोत्तान, सुरेश मानन्धर, बबिता मानन्धर, बद्रि पंगेनी लगायतका सिनेकर्मीहरु प्रिमियरमा सहभागी थिए ।

साढे ७ को दशा लागेको बेला एउटा सामान्य फोटो पत्रकारको जीवनमा आईपर्ने समस्यालाई मुख्य विषयबस्तु बनाएको सिनेमामा सत्यराज आचार्य, मेनुका प्रधान, सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल लगायतको अभिनय छ । सिनेमामा मुख्य भूमिका निर्वाह गरेका सत्यराजको अभिनयलाई प्रिमियरमा प्रसंसा मिल्यो ।

सत्यस्वरूप इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गायक स्वरूपराज आचार्यसँगै सत्यराजको पनि लगानी रहेको छ ।