करोड क्लबमा ‘रुपै मोहनी’ !

करोड क्लबमा ‘रुपै मोहनी’ !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘शत्रु गते’ सिनेमामा समावेश ‘रुपै मोहनी…’ बोलको गीतले छोटो समयमै १ करोड भ्युज कमाउन सफल भएको छ । सिनेमा रिलिज हुन् १ महिना बाँकी रहँदा निर्माण टिमले यो सफलता हाँसिल गरेको हो ।

यो युट्युबमा करोड भ्युज पाउने २३ औं भिडियो बन्न सफल भएको छ । यसअघि ‘कान्छी’ सिनेमा ‘चरी चट्ट परि…’ले यो क्लबमा इन्ट्री गरेको थियो । ‘रुपै मोहनी…’मा लोकराज अधिकारीको शब्दमा टंक बुढाथोकीले संगीत भरेका छन् । भने, स्वरमा टंकलाई मिना निरौलाले साथ दिएकी छन् ।

कविराज गहतराजले कोरियोग्राफी भरेको गीतमा हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह र आँचल शर्माले कम्मर मर्काएका छन् ।

‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा चैत ९ गते प्रदर्शनमा आउदैछ । महसंचारले निर्माण गरेको सिनेमा ‘शत्रु गते’लाई तराई र काठमाडौँमा छायाँकन गरिएको हो ।