निर्माता दीपकको ‘रिङ’ संचालनमा

निर्माता दीपकको ‘रिङ’ संचालनमा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता तथा संगीतकर्मी दीपक रमणले नयाँ स्टुडियो ‘रिङ’ संचालनमा ल्याएका छन् । ललितपुरको एकान्तकुनास्थित संचालनमा ल्याइएको स्टुडियोको शनिबार उद्दघाटन गरियो ।

डविङ, पोष्टप्रोडक्सन र गीतसंगीतका सबै कार्य उच्च प्रविधिबाट गर्न सकिने ‘रिङ’को उद्दघाटन वरिष्ट सिनेकर्मी तथा गीतकार चेतन कार्की र वरिष्ट गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा गरे । ‘रिङ’मा दिवाकर खड्का, लोकबहादुर शाक्य, गङ्गा खड्की र राजकुमार महर्जनको पनि सहकार्य छ ।

‘रिङ’को उद्दघाटन समारोहमा केहि गीत पनि रेकर्ड गरियो । समारोहमा दर्जन बढी सिनेकर्मीको उपस्थिति रहेको थियो । संचालक दीपकले ‘बाजी’ र ‘मन परेपछि’ जस्ता सिनेमा निर्माण गरिसकेका छन् ।