छोरीको पहिचान र परिचयका निम्ति लड्दै रेखा थापा

छोरीको पहिचान र परिचयका निम्ति लड्दै रेखा थापा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नारीप्रधान सिनेमा मार्फत दर्शक माझ पुग्ने अभिनेत्री रेखा थापाले नारीलाई कहिले कम सोच्दिनन । उनका प्रतेक सिनेमामा महिला पात्र हावी हुन्छ ।

नेपाली सिनेमामा नारीप्रधान सिनेमाबाट सफलता पाउने रेखा पछिल्लो समय पर्दाबाट बाहिर निक्लेर नारी ससक्तिका नारा बोक्दै शहर देखि गाउँ पुग्न थालेकी छन् । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’को क्रममा रेखा विकट बस्ति र समुदायमा छोरी मुक्तिको पक्षमा आफ्नो आवाज उठाईरहेकी छन् ।

आजभोलि सामाजिक संजालमा छोरीलाई लिएर थुप्रै अभिव्यक्तिहरु पोखिरहेकी रेखाले फेसबुक मार्फत छोरी परिचयको बारेमा लामो स्टाटस लेखेकी छन् । उनको स्टाटसमा छोरीलाई भनेर दिइने आरक्षण र विवाह पछी परिवर्तन गर्नुपर्ने थरको विरोध झल्किन्छ ।

यस्तो छ स्टाटस ‘परिचय� छोरीको परिचय कसै सँग जोडीएर शुरुवात हुन्छ वा उनी आँफैमा पूर्ण मानव हुन ? एउटा पुरुष सन्तान जन्म देखी मृत्‍यु सम्म एउटा परिचय र पहिचानको सुबिधा बाँच्न पाइरहदा, सोही घर कि छोरीले आफ्नो परिचय बनाउदै भात्काउदै गर्नु पर्ने किन हुन्छ? के परिचयको समर्पण र त्याग छोरीको निम्ती अपरिहार्य आवश्यकता हो ? जन्म दर्ताको किताब, बिद्यालयको भर्ना, योग्यताको प्रमाण, नागरिकतामा उल्लेखित नाम थर र सवारि चालक अनुमती पत्रमा भएको नाम भात्काउनु जरुरी छ? विवाह र परिवार रुपी संस्थाको हिस्सा बन्नको निम्ती छोरीको परिचय भत्किनु उपलब्धी हो ? महिला बन्ने योग्यता भित्र त्याग अर्थपूर्ण गुण हो ? पटक पटक बन्नु र भत्किनु पर्ने यो लीला भित्र हामी छोरीको जन्मसंगत स्व अस्तित्व देख्छौ? छैन, किनकी अहिले छोरी भएर जन्मने, हुर्किने र शिक्षित हुने बिद्यालयको पाठ्यक्रम उनिहरुको स्व अस्तित्व मार्ने ढाचामा बनेको छ । छोरी भएर जन्मिने हरेक मानवले गुज्रिनु पर्ने बाटो जन्जालको छ । बुहारी, आमा र महिला सदस्य हुनु पहिले एउटा छोरीले त्यती अबरोध र अनुभव झेल्नै पर्छ जती एक पुरुषले जीवनकाल भर भोग्नु पर्दैन । समाज ले महिला बनाउन तालिम दिने गरी तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुन्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर हुने छैनन । सामाजिक पृष्‍ठ भुमिमा हामी समानता को खेल खेल्न सक्छौ त? बिचार गर्न जरुरी छ कि जन्म देखी मृत्‍यु सम्म छोरीको नाम थर उही हुन किन सक्दैन? -रेखा थापा’