रेखा र सम्झनाको सहकार्यमा ‘लाल मस्तिष्क’ बन्ने

रेखा र सम्झनाको सहकार्यमा ‘लाल मस्तिष्क’ बन्ने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री रेखा थापाले होमप्रोडक्सनबाट नयाँ सिनेमा निर्माण गर्ने भएकी छन् । ‘लाल मस्तिष्क’ नाम राखिएको सिनेमालाई सम्झना रौनियारले निर्देशन गर्नेछिन् । रौनियारले यसअघि ‘मेघा’ र ‘फागू’जस्ता नारिप्रधान सिनेमा निर्देशन गरिसकेकी छन् ।

उसो त रेखाको होमप्रोडक्सनमा बाहिरबाट पहिलो पटक महिला निर्देशक भित्रिएकी हुन् । यसअघि रेखा स्वयम्ले होमप्रोडक्सनबाट ‘हिम्मतवाली’ निर्देशन गरेकी थिइन् । रेखाले नै शिर्ष भूमिका निर्वाह ‘लाल मस्तिष्क’ले जिवन र यात्राको कथा भन्नेछ ।

जेठ पहिलो सातादेखि छायाँकनमा जाने सिनेमामा रेखाकी दिदि तारा थापा राणाले पनि लगानी गर्नेछिन् । साथै, ‘लाल मस्तिष्क’को निर्मातामा आमा सरस्वति थापा र नर कार्की पनि रहनेछन ।

सिनेमामा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । द्धन्द्ध निर्देशन राजकुमार उप्रेतीले गर्नेछन् । रेखा र नरको कन्सेप्ट रहेको सिनेमाको स्क्रिप्ट शिवम अधिकारीको हो । सिनेमालाई आगामी तिहारको अवसर पारेर प्रदर्शनमा ल्याइने बताईएको छ ।