भदौ ५ मा रुद्रप्रियाले काटिन केक (फोटो कथा)

भदौ ५ मा रुद्रप्रियाले काटिन केक (फोटो कथा)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री रेखा थापाले आफ्नो ३४ औं जन्मदिन मनाएकी छन् । राजधानीमा आफ्नो परिवार, नजिकका साथी र मिडियाकर्मी विच केक काटेर सेलिब्रेसन गरिन ।

रेखालाई जन्मदिनको शुभकामना दिन आर्यन सिग्देल, पत्नी सपना भण्डारी, आर्यन अधिकारी, शुष्मा कार्की, आमा सरस्वती थापा, नृत्य निर्देशक गोविन्द राई, निर्देशक सम्झना रौनियार, निर्मात्री निकिता पौडेल उपस्थित थिए ।

केक काटे पश्चात रेखा र आर्यनले ‘रुद्रप्रिया’को गीतमा कम्मर मर्काए । ‘रुद्रप्रिया’मा सँगै काम गरे पश्चात रेखा र आर्यन पछिल्लो समय अलि नजिकिएका छन् । ८ वर्ष पछी पुन: पर्दामा पुनरागमन गरेको यो जोडीलाई कार्तिक २ गते हलमा हेर्न सकिनेछ ।

हेर्नुहोस रेखाको जन्मदिनका तस्विर:

तस्विर: कुशल राई