१२ वर्षकै उमेरमा कुमारित्व भंग गरेका रणवीर सिंह

१२ वर्षकै उमेरमा कुमारित्व भंग गरेका रणवीर सिंह

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका नयाँ स्टारहरु मध्ये रणवीर सिंहलाई सर्वाधिक उर्जावान स्टारको रुपमा लिने गरिन्छ । उनि हरेक समय काममै व्यस्त हुन्छन । र, आफ्नो काममा लागि पर्छन । त्यसैले पनि नयाँ स्टारहरु मध्ये उनि एक कदम अगाडी छन् ।

उनि कुनै पनि काम सबैभन्दा अगाडी गर्न चाहन्छन । त्यसैले पनि होला उनले १२ वर्षकै उमेरमा आफ्नो कुमारित्व भंग गरेका थिए । रणवीरले एक अन्तर्वार्ताको क्रममा आफुले १२ वर्षकै उमेरनै यौनको पहिलो अनुभव गरेको खुलाएका छन् ।

उनि भन्छन ‘मैले सबै चिज छिट्टै सुरु गरे । म सबै कुरामा अगाडी थिए । त्यसैले विद्यालयमा मलाई ‘कम्प्लेन’ आईरहन्थ्यो । मेरो साथिहरुको मम्मीहरु मैले उनिहरु बच्चा बिगारेको भनि घरमा कुरा लिए आउथे र म समस्यामा फस्थे । थाहा छैन म भित्रै ‘किडा’ थियो कि, म नै ‘किडा’ थिए ।’

सामान्यतया कलाकारहरु ‘कन्डम’को विज्ञापन गर्न चाहदैनन् । तर, रणवीरले एक ‘कन्डम’को विज्ञापनसमेत गरिसकेका छन् । उनीले यो पनि बताएका छन् कि उनलाई पहिलेदेखि नै ‘कन्डम’को विज्ञापनमा खेल्न मन थियो ।

रणवीर अभिनित ‘पद्मावत’ अहिले भारत लगायतका थुप्रै देशमा प्रदर्शन भैरहेको छ । सिनेमामा रणवीरले अलाउद्दीन खिलजीको भूमिका निर्वाह गरेका छन् । जसको अहिले सर्वत्र चर्चा भैरहेको छ ।