प्रेमिकासँग रोमान्स गर्न रोहित फकाउदै रणवीर !

प्रेमिकासँग रोमान्स गर्न रोहित फकाउदै रणवीर !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भेट्रान निर्देशक रोहित सेट्टीले निर्देशन गर्ने सिनेमा ‘सिम्बा’को अहिले प्रिप्रोडक्सनको काम चलिरहेको छ । सिनेमाको अफिसियल घोषणा र लिड अभिनेता रणवीर सिंह पनि फाइनल भैसकेका छन् ।

‘सिम्बा’को लागि अभिनेत्रीको खोजि भने चलिरहेको छ । अहिलेसम्म बिभिन्न अभिनेत्रीको नाम बाहिर आए पनि स्वर्गीय श्रीदेवीकी छोरी जाहन्वी कपूर र दीपिका पादुकोण मध्ये एक रहन सक्ने प्रवल सम्भावना रहेको छ ।

निर्देशक सेट्टीले जाहन्वीलाई लिडमा लिने मनसाय बनाए पनि रणवीर भने यो मनसायमा त्यति खुसि छैनन् । रणवीरले बारम्बार दीपिकालाई लिन रोहितलाई मनाउने कोशिस गरिरहेका छन् । रणवीर दीपिकासँग पुन: एक पटक रोमान्स गर्न चाहन्छन ।

रणवीर र दीपिका केहि वर्षदेखि प्रेममा छन् । यो त सबैलाई थाहा भएकै कुरा हो । दीपिका आफ्नो प्रेमिका भएको कारण भन्दा पनि, उनको मिहिनेत र काम गर्ने तरिकाले गर्दा रणवीरले उनिसँग पुन: रोमान्स गर्न चाहेको बताउदै आएका छन् । रणवीरलाई दीपिका हरेक काममा राम्रो ‘कंपनी’ दिने गर्छिन् । त्यसैले रणवीर, दीपिकासँग रोमान्स गर्न पटक-पटक रोहितलाई ‘फोर्स’ गर्दै आइरहेका छन् ।

अब रोहितले ‘सिम्बा’को सुन्ने की आफ्नो ? हेर्न बाँकी छ, यो प्रतिक्षित सिनेमाको लागि जाहन्वी र दीपिकामा कसले स्थान बनाउने छन् ।

Picture: Google