सुरु भयो सुदर्शन र पूजाको ‘रामकहानी’ (फोटोफिचर)

सुरु भयो सुदर्शन र पूजाको ‘रामकहानी’ (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाको निर्माणमा बन्ने नयाँ सिनेमा ‘रामकहानी’को छायाँकन सुरु भएको छ ।

महाशिवरात्रीको अवसर पारेर पोखराको माथिल्लो रमणीय डाँडा कास्कीकोटमा ‘रामकहानी’ शुभमुर्हत गरि छायाँकनको ४५ दिने सेड्युल सुरु गरिएको हो । छायाँकनको पहिलो दिन सौरभ लामाको फ्रेममा पूजा शर्मा, आकाश श्रेष्ठ र राजाराम पौडेलले टेक दिए ।

कास्कीकोटमा २ साता छायाँकन गरेपछी ‘रामकहानी’ टिम बाँकी छायाँकनको लागि काठमाडौँ फिर्ने निर्देशक सुदर्शन थापाले बताए । यस सिनेमामा पूजासँग अभिनेता आकाश श्रेष्ठले पहिलो पटक स्क्रिन शेयर गर्दैछन् ।

यी दुईका अलावा ‘रामकहानी’मा केदार, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलको पनि मुख्य भूमिका रहनेछ । भदौ २२ गते हरितालिका तीजको अवसर पारेर रिलिज हुने सिनेमामा अर्जुन पोखरेलको संगीत रहेको छ ।