न्यून प्रचारमै रिलिज भएको ‘रेड’को कमाई दमदार

न्यून प्रचारमै रिलिज भएको ‘रेड’को कमाई दमदार

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यसै साता प्रदर्शनमा आएका अजय देवगण स्टारर सिनेमा ‘रेड’ले पहिलो विकेन्डमा उल्लेखनीय व्यापार गर्न सफल भएको छ ।

सिनेमाले समिक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाईरहेको छ । प्रदर्शनपुर्व सिनेमाको प्रचारबाजी धेरै गरिएन । तर, पनि बक्स अफिसमा ‘रेड’ले कलेक्सन बढाउदै छ । यसको कारण ‘वर्ड अफ माउथ’ हो ।

सिनेमाले पहिलो दिन भारतमा १०.०४ करोड, दोस्रो दिन १३.८६ करोड र तेस्रो दिन १७.११ करोड कलेक्सन गर्यो । अब सिनेमाको तीन दिने कलेक्सन ४१.०१ करोड पुगेको छ । ‘रेड’ले पहिलो सातानै लगानी रिकभर गर्ने संकेत देखाएको छ । यो ६५ देखि ७० करोडको बजेटमा निर्माण भएको हो ।

राजकुमार गुप्ता निर्देशित यस पिरियड क्राइम थ्रिलरमा अजयसँगै सौरभ शुक्ला र इलियाना डीक्रुजको मुख्य भूमिका छ । सन् १९८० मा भारतीय राजश्व सेवाले मारेको सबै भन्दा लामो रेडमा आधारित सिनेमालाई रितेश शाहले लेखेका हुन् ।