कसले तिर्ला प्रियंकालाई ११ करोड ?

कसले तिर्ला प्रियंकालाई ११ करोड ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रियंका कार्की अहिलेकी सर्वाधिक व्यस्त व्यस्त अभिनेत्री हुन् । वर्ष भरि प्रियंकाकै सर्वाधिक सिनेमा रिलिज हुँदा उत्तिकै मात्रामा नयाँ सिनेमा पनि गर्ने गरेकी प्रियंकाले प्राय: सिनेमा पब्लिसिटीमा समय खर्चिदैनन ।

यो वर्ष मात्र प्रियंकाका ‘राधे’, ‘लाल्टिन’, ‘छक्का पन्जा २’ र ‘फाटेको जुत्ता’ गरि चार सिनेमा प्रदर्शनमा आईसकेका छन् । जुन सिनेमाको प्रचारमा प्रियंका टाइम मिलेसम्म खटिइन् । तर, प्रचारकै लागी भनेर समय भने छुट्टयाईनन् । त्यसैले पनि निर्माता अर्जुन कुमारले ‘फाटेको जुत्ता’को सक्सेस पार्टीमा प्रियंकाप्रति आक्रोस व्यक्त गरेका थिए ।

प्रियंका किन पब्लिसिटीमा समय छुट्याउदिनन् ? प्राय: निर्माताको चित्त दुखाई विषय थियो । यहिँ विषयको बारेमा प्रियंकाले ‘बटरफ्लाई’ प्रेसमिटमा मुख खोलेकी छन् । जुन सिनेमामा प्रियंकाले मुख्य भूमिका निर्वाह गरेकी छन् । उनले एउटा सिनेमाको ११ करोड दिए वर्ष भरिनै उक्त सिनेमालाई समय खर्चिने प्रष्ट पारिन । आफुले सिनेमाको सेड्युल बनाएरै काम गर्ने भएपनि रिलिज लगातार भैदिदा प्रचारमा पुग्न नसकेको पनि बताइन । आफुले बाच्नकै लागी वर्षमा धेरै सिनेमा गर्ने गरेको प्रियंकाको स्वीकारोक्ति थियो ।

नेपाली सिनेमा भर्खर १ करोड माथीको बजेटमा सिनेमा निर्माण हुदैछन् । साथै, नेपाली बजार पनि २० करोड आसपासमा छ । अब प्रियंकालाई ११ करोड दिएर निर्माताले कति करोडमा सिनेमा बनाएर कति करोड नाफा कमाउनु ? के नेपालमा प्रियंकालाई ११ करोड तिर्ने निर्माता जन्मेका छन् त ?

तस्विर: कुशल राई