‘प्रेमगीत २’ अफिसियल पोस्टर सार्वजनिक !

‘प्रेमगीत २’ अफिसियल पोस्टर सार्वजनिक !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । रामशरण पाठक निर्देशित सिनेमा ‘प्रेमगीत २’ले अफिसियल पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा मुख्य कलाकार प्रदिप खड्का र अश्लेशा ठकुरीको रोमान्टिक लभलाई देखाउन खोजिएको छ । सार्वजनिक गरिएका पोस्टर टौवा क्रियसनले तयार गरेको हो ।

अफिसियल पोस्टर रिलिजसँगै ‘प्रेमगीत २’ले देशव्यापी कन्सर्टको घोषणा गरेको छ । भोलि देखि ‘प्रेमगीत २’ले देशका विभिन्न शहरमा कन्सर्ट गरेर सिनेमा प्रचार गर्नेछ ।

सन्तोष सेनको निर्माणमा बनेको सिनेमाले तनहुँको दमौली देखि पोखरा, नेपालगंज हुदै पुर्वमा पनि कन्सर्ट गर्ने बताएको छ ।

साउन १३ गते प्रदर्शन हुने सिनेमामा प्रदिप खड्का, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, श्रदा प्रशाई, सन्तोष सेन लगायतको अभिनय छ ।