रोमान्टिक प्रदीप र जसिता शिर्ष स्थानमा !

रोमान्टिक प्रदीप र जसिता शिर्ष स्थानमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सोमबार सार्वजनिक भएको ‘इज इट लभ’ गीत युट्युब ट्रेन्डीङको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । मिलन चाम्स निर्देशित सिनेमा ‘लिलिबिली’मा समावेश रहेको यो गीतमा युवास्टार प्रदीप खड्का र नव-अभिनेत्री जसिता गुरुङ रोमान्टिक मूडमा फिचर्ड छन् ।

पहिलो दिन ट्रेन्डको पाँचौ नम्बरसम्म यथावत रहेको गीत दोस्रो दिन अन्य भिडियोहरुलाई छिचोल्दै शिर्षमा स्थानमा पुगेको छ । अब हेर्न बाँकी छ, गीतले कति दिनसम्म शिर्ष स्थान कब्जा गर्नेछ ।

सकारात्मक प्रतिक्रिया पाईरहेको गीतले अहिलेसम्म ६ लाख १५ हजार बढी भ्युज बटुलीसकेको छ । भिडियोमा विशेष गरि लोकेशन र प्रदीप/जसिता जोडीको प्रशंसा भैरहेको छ ।

एलिस कार्कीको संगीतमा तयार भएको गीतमा नेपाल आइडल फाइनलिस्ट प्रताप दास र मेलिना राईको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द सिर्जना रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

‘लिलिबिली’ निर्माण घोषणा भएसँगै चर्चा र प्रतिक्षामा छ । सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चैत ३० मा रिलिज हुने भनिएको सिनेमा अनिश्चित रुपमा पोस्टपोन्ड भएको छ । सिनेमाको अफिसियल डेट फाईनल नहुँदा बैशाख १४ मा आउन सक्ने अड्कलबाजी काटिएका छन् ।