आँचललाई पलको सिन्दुरको धर्को र तिलहरीको लर्को ! (भिडियो)

आँचललाई पलको सिन्दुरको धर्को र तिलहरीको लर्को ! (भिडियो)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘रुपै मोहनी’को सफलता पश्चात ‘शत्रुगते’ टिमले नयाँ गीत सार्वजनिक गरेको छ । ‘पिरतीको बर्को’ बोलको गीतमा पल शाह र आँचल शर्मा फिचर छन् ।

 प्रविन सिंहको कोरियोग्राफीमा तयार भएको भिडियोमा नयाँ पन दिने कोसिस गरिएको छ । अर्जुन भट्टराईको शब्द रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको एकल संगीत र स्वर छ ।

 ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा चैत ९ गते प्रदर्शनमा आउदैछ । महसंचारले निर्माण गरेको सिनेमा ‘शत्रु गते’लाई तराई र काठमाडौँमा छायाँकन गरिएको हो । सिनेमामा पल र आँचलका अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल लगायतको अभिनय छ ।