पिंजडा ब्याक अगेन: प्रिमियरमा निखिल र साराको तारिफ

पिंजडा ब्याक अगेन: प्रिमियरमा निखिल र साराको तारिफ

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पिंजडा ब्याक अगेन’को रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । बुधबार राजधानीको क्युज सिनेमाजमा यसको प्रिमियर गरियो ।

प्रिमियरमा सिनेमाका कलाकार निखिल उप्रेती, सारा सिर्पाली, अभिनेत्री संचिता लुइँटेल, अभिनेता रमेश उप्रेती, निर्माता कलाकार निर्मल शर्मा लगायत सिनेपत्रकारको बाक्लो उपस्थिति रह्यो ।

सिनेमा हेरेपछी अधिकाँसले निखिलको एक्सन र साराको अभिनयलाई रुचाए । पारिवारिक कथामा निर्माण भएको ‘पिंजडा ब्याक अगेन’लाई द्वन्द निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । सिनेमामा भरपुर एक्सन प्रयोग गरिएको छ ।

फेमिली एक्सन ड्रामामा निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ ।

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको सिनेमाको कथा मौनता श्रेष्ठले लेखेका हुन् । सिनेमामा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ ।

राजधानी बाहिर आजैबाट: ‘पिंजडा ब्याक अगेन’ राजधानी बाहिरका स्टेसनमा भने आजै देखि रिलिज भएको छ । वितरक गोपाल कायस्थले राजधानी बाहिरका प्राय हलहरु ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनमा आएको जानकारी दिए । सिनेमा राजधानीमा भने माघ ५ (शुक्रबार)बाट रिलिज हुनेछ ।