संसारका कुनै पनि सिनेमा सर्वप्रिय छैन -दिपकराज गिरी (भिडियो)

संसारका कुनै पनि सिनेमा सर्वप्रिय छैन -दिपकराज गिरी (भिडियो)

The Cinema Times

सिनेमा टाइम्स, काठमाडौँ  ।  सिनेमा उद्योगमा नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुक युद्ध  यतिखेर  चर्चामा छ ।   बुधबार ‘फिर्के’को ट्रेलर  लञ्च कार्यक्रममा उपस्थीत निर्माता तथा कलाकार दिपक राज गिरीले  सोहि प्रसंग जोड्दै  भने आफूहरुले निर्माण गरेको सिनेमामा महिला हिंसा नभएको र अरु  सिनेमामा महिलामाथी बियर खन्याउनु  चाई के हो  ?  संसारमा सबै अतिवाद खतरनाक हुन्छन् र अतिवादबाट बच्नु पर्छ ।   संसारका कुनै पनि सिनेमा सर्वप्रिय छैन । कसैलाई त्यो सिनेमाराम्रो लाग्छ कसैलाई राम्रो लाग्दैन । कुनै सिनेमाले व्यापार गर्‍यो भन्दैमा राम्रो फिल्म हुन्छ भन्ने छैन र व्यापार गतिलो नगर्दैमा फिल्म राम्रो हुन्न भन्ने हुँदैन । कार्यक्रममा उपस्थीत निर्माता संघका अध्यक्ष आकाश अधिकारीले  अहिले नेपाली सिनेमाले राम्रो बजार बनाइ रहेको अवस्थामा विवादित कुराहरु सामाजीक संञ्जालमा आउनुले नराम्रो सन्देश जाने भन्दै यस्ता कुराहरु पोष्ट गर्न नहुने बताए ।