‘फेरी फेरी’मा पुन: अर्पण र ऋचा

‘फेरी फेरी’मा पुन: अर्पण र ऋचा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘फेरी फेरी’ निर्माण घोषणा भएको छ । पुरन थापाको कथा/निर्देशन रहने कमेडी सिनेमाको निर्माण निरज थापाले गर्नेछन ।

सिनेमामा अर्पण थापा र ऋचा शर्मा मुख्य भूमिकामा रहनेछन । पछिल्लो समय ऋचा र अर्पणको सहकार्यमा आधा दर्जन बढी सिनेमा बनेका छन् । अर्पण र ऋचासँगै सिनेमामा लय संग्रौला, ओम प्रतिक गुरुङ रश्मी पाण्डे, एलिना बास्कोटा, धुव्र कोइराला लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

‘फेरी फेरी’लाई नेपाल मै पहिलो पटक एस ३५ सेन्सरयुक्त अत्याधुनीक प्रविधीको ‘रेड इपिक डब्लु हेलियम’ एट् के क्यामेराबाट खिचिनेछ । मंगलबार उक्त क्यामराको पुजा गर्दै निर्माण टिमले सिनेमाको शुभमुर्हत गर्यो । सिनेमामा सुरेश बज्राचार्यको छायाँकन, एन.बि महर्जनको द्धन्द, रामजी लामिछाने/सुरेन बसेलको कोरियोग्राफी, विकाश चौधरी/पुरन थापाको संगीत र विपिन मल्लको सम्पादन रहनेछ ।