छाउपडी प्रथा र यौन मनोविज्ञानमा आधारित ‘पंचायत’ ट्रेलर

छाउपडी प्रथा र यौन मनोविज्ञानमा आधारित ‘पंचायत’ ट्रेलर

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ५० वर्ष अगाडीको सामाजिक संरचना र उक्त समयका किशोरीहरुको यौन मनोबिज्ञानलाई समाजले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको सिनेमा ‘पंचायत’को ट्रेलर रिलिज भएको छ ।

शिवम अधिकारीको लेखन/निर्देशन रहेको सिनेमा छाउपडी प्रथामा किशोरीहरुले भोग्नु परेको पिडा र पंचायतले गर्ने फैसला वरिपरी पनि घुमेको प्रेसविज्ञाप्तिमा उल्लेख छ ।

सिनेमामा सरोज खनाल, रुपा राना, निता ढुंगाना, गणेश गिरी, जाहन्वी बस्नेत, गीता अधिकारी, विशाल पहाडी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘पंचायत’मा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । गणेश गिरी प्रस्तुतकर्ता रहेको ‘पंचायत’को निर्मातामा सुशान्त कुमार श्रेष्ठ र शंकर प्रसाद सुवेदी छन् । सिनेमाका कार्यकारी निर्माता रवी अधिकारी हुन् । भने, सहनिर्मातामा मेनुका प्रधान रहेकी छन् ।

चैत २ गते नेपाल प्रदर्शनमा आउने सिनेमाले अमेरिकाको सनफ्रान्सीस्को इन्टरनेशनल फिल्म फेस्टिवलमा सर्वोत्कृष्ट विदेशी भाषी सिनेमा र सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको थियो । त्यस्तै होबोकिन इन्टरनेशनल फिल्म फेस्टिवल न्युयोर्क, लण्डन इन्टरनेशनल फिल्म फेस्टिवल, द युरोपियन इन्टिपेडेन्ट फिल्म फेस्टिवल फ्रान्स, एसिया पेसेफिक इन्टरनेशनल फिल्म फेस्टिवल इन्डोनेसियाको अफिसियल सेलेक्सनमा समेत ‘पंचायत’ परिसकेको छ ।