अफिसियल: ‘पद्मावत’ रिलिज कम्फर्म, पोस्टरसहित 

अफिसियल: ‘पद्मावत’ रिलिज कम्फर्म, पोस्टरसहित 

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – महिना दिन अगाडीबाट ‘पद्मावती’ नाम परिवर्तन ‘पद्मावत’ २५ जनवरीमा रिलिज हुने खबरहरु बाहिरिए पनि ‘पद्मावत’ टिमबाट भने आधिकारिक घोषणा गरिएको थिएन ।

अब, भने सबै अफवाहहरुलाई तोड्दै र फ्यानहरुलाई सरप्राइज स्वरूप ‘पद्मावत’ जनवरी २५ मै रिलिज हुने भएको छ । सिनेमाको अफिसियल ट्वीटर अकाउन्ट, दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपूरले आफ्नो ट्वीटर अकाउन्टबाट सिनेमाको अफिसियल नाम र डेटसहितको पोस्टर शेयर गरेका छन् ।

 

पोस्टरमा सिनेमाको नाम ‘पद्मावत’ र रिलिज डेट २५ जनवरी छापिएको छ । साथै, सिनेमा आईम्याक्स थ्रीडीमा समेत रिलिज हुनेछ ।

 

संजयलीला भन्साली निर्देशित ‘पद्मावत’ छायाँकन देखि रिलिजसम्म गरेर करिब १ वर्ष कन्ट्रोभर्सीमा फस्यो । निक्कै विरोधका वावजुद सेन्सर बोर्डले सिनेमामा कैची चलाएपछी प्रदर्शनको लागी तयार भएको हो । सिनेमा भारतका केहि राज्यमा अझै पनि ब्याण्ड हुने खबरहरु आईरहेका छन् ।

 

बलिउड इतिहाँसमा अहिलेसम्मकै महँगो बजेट (२ सय करोड माथि)मा निर्माण भएको सिनेमाले लगानी उठाउन कम्तिमा २ सय ६० करोड बढी कमाउनु पर्ने हुन्छ । तर, यसका लागि भारतीय बजार ,मात्र पर्याप्त नहुन सक्छ । किनकी, केहि राज्यमा सिनेमाको रिलिज अहिले पनि अनिश्चित नै छ ।

 

राजपुतनअरुको एतिहासिक कथामा निर्माण भएको सिनेमामा दीपिका रानी ‘पद्मावती’को भूमिकामा छिन् । त्यस्तै साहिद कपूरले रानी ‘पद्मावती’को पति राजा रत्नरावल सिंहको भूमिका निर्वाह गरेका छन् । त्यस्तै भन्सालीको  सिनेमामा तेस्रो पटक अभिनय गरेका रणवीर सिंहले सिनेमा भित्र अलाउद्दीन खिलजीको भूमिका निर्वाह गरेका छन् ।

संजयलीला निर्देशित सिनेमा जहिले चर्चामा रहँदै आईरहेका छन् । बलिउडका भेट्रान निर्देशकले ‘खामोशी- द म्युजिकल’बाट डेब्यु गरेका थिए । जुन सिनेमा क्रिटिकल्ली रुपमा मजवुत थियो । त्यसएता निर्देशन गरेका ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘सावरिया’, ‘गुजारिस’, ‘ब्ल्याक’, ‘रामलीला’, र ‘बाजिराव मस्तानी’ले बलिउडमा थुप्रै अवार्ड र दर्शकको मन जितेका थिए ।