संजयलीलाप्रति अक्षयको सहानुभूति, पोस्टपोन्ड भयो ‘प्याडम्यान’

संजयलीलाप्रति अक्षयको सहानुभूति, पोस्टपोन्ड भयो ‘प्याडम्यान’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा पहिलो ठुलो ‘क्ल्यास’को रुपमा हेरिएको ‘पद्मावत’ भर्सेज ‘प्याडम्यान’ टरेको छ । दुई सिनेमाको आपसी सल्लाहमा अक्षय कुमारले ‘प्याडम्यान’लाई दुई साता पर धकेलेका छन् ।

अब प्याडम्यान फेब्रुअरी ९ प्रदर्शन हुनेछ । भने, जनवरी २५ मा ‘पद्मावत’ले सोलो मौका पाएको छ । यसअघि ‘प्याडम्यान’ जनवरी २५ मा अक्षयकै ‘२.०’ आउने चर्चा पनि थियो । उक्त ‘क्ल्यास’लाई अक्षय आफैले तारेका थिए ।

शनिबार संजयलीला सहितको प्रेसमिटमा ‘पद्मावत’प्रति सहानुभूति देखाउदै अक्षयले जनवरी २५ बाट ‘प्याडम्यान’ सारिएको जानकारी दिए । उनले भने ‘संजय सर म कहाँ आएर तिमि ‘मूभ’ हुन् सक्छौ भन्नु भयो । संजयसँग धेरै सिनेमा गरि पनि सकेको छु । अहिले ‘पद्मावत’ बिभिन्न विवादबाट गुज्रीरहेको छ । आफ्नै परिवारमा ‘पद्मावत’सँग भिडेर अझ धेरै घाटा र तनाव मैले नि दिन चाहेन । बिग बजेटको सिनेमा भएकाले संजयलाई तनाव छ । त्यसैले फेब्रुअरी ९ मा ‘प्याडम्यान’ सारेका हौ ।’

संजयलीला भन्साली निर्देशित ‘पद्मावत’मा रणवीर सिंह,, दीपिका पादुकोण र साहिद कपूरको मुख्य भूमिका छ । ‘प्याडम्यान’मा अक्षयका अलावा सोनम कपूर र राधिका अप्टेको मुख्य भूमिका छ । आर बल्की निर्देशित सिनेमामा अक्षय पत्नी ट्वीन्कल खन्नाको लगानी छ ।

यो पनि पढ्नुस-

पद्मावत: युट्युबमै कसरि सम्पादन गरियो ‘घूमर’ भिडियो ?