बक्सअफिस: ‘पद्मावत’को धमाका, ‘पिके’ नजिक ‘टाइगर जिन्दा हे’

बक्सअफिस: ‘पद्मावत’को धमाका, ‘पिके’ नजिक ‘टाइगर जिन्दा हे’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – विहिबार रिलिज भएको सिनेमा ‘पद्मावत’ले भारतीय बक्सअफिसमा धमाका मच्चाउन सुरु गरेको छ । रिलिजको पहिलो दिन २४ करोड (पेड प्रिभ्यु ५ करोडसहित) ओपनिङ गरेको सिनेमाले दोस्रो दिनको कलेक्सनमा छलाङ लगाएको छ ।

दोस्रो दिन (गणतन्त्र दिवस) ‘पद्मावत’ले ३२ करोड कलेक्सन गर्दै जम्मा ५६ करोड आँकडा बनाएको छ । यसको कलेक्सनमा शनिबार र आइतबार अझ वृद्दी हुने बलिउड ट्रेड एनलिस्टको अनुमान छ ।

रणवीर, साहिद र संजयलीलाको लागि उच्च ओपनिङ: ‘पद्मावत’ले पहिलो दिन १९ करोडको ओपनिङ गर्दा रणवीर सिंह, साहिद कपूर र संजयलीला भन्सालीको करियरमा सर्वाधिक कमाउने सिनेमा बनेको छ ।

विकेन्डमा सय करोड पुग्ने सम्भावना: सिनेमा विहिबारै रिलिज भएको हुँदा यसले चार दिने विकेन्ड मनाउने छ । चार दिनमा सजिलै सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । सिनेमाको वर्ड अफ माउथ प्रभावशालि भएकोले ‘पद्मावत’ले लामो रेसको घोडा बन्ने छनक देखाएको छ । यसको बजेट २ सय करोड माथि छ ।

नेपालमा ‘पद्मावत’ पावरफल: ‘टाइगर जिन्दा हे’ पछी ‘पद्मावत’ नेपालमा राम्रो व्यापार गर्ने बलिउड सिनेमा बनेको छ । नेपाली हलमा सोलो रिलिज भएको सिनेमाले हलमा दर्शकको भिड जम्मा गरेको छ । विहिबारबाटै मल्टीप्लेक्सका अधिकाँस सोज हाउसफुल जाँदा शनिबार देशभरका अधिकाँस हलनै हाउसफुल छन् । नेपालको अंकगणितीय बक्सअफिस रिपोर्ट आईसकेको छैन ।

पिके रेकर्ड नजिक ‘टाइगर जिन्दा हे’: बलिउड बक्सअफिसमा २०१७ को सर्वाधिक कमाउने र अन्तिम हिट सिनेमा बन्यो ‘टाइगर जिन्दा हे’ । अहिले छैटौ सातामा प्रदर्शनरत सिनेमाले भारतमा मात्र ३ सय ३५ करोड ५६ लाख बढी कमाई गरिसकेको छ । अब ‘टाइगर जिन्दा हे’को कलेक्सन ‘पिके’ नजिक पुगेको छ । ‘पिके’ले भारतीय बक्सअफिसमा ३ सय ३९ करोड ५० लाख कमाएको थियो । अब ‘पिके’ रेकर्ड तोड्नलाई ‘टाइगर जिन्दा हे’ले ४ करोड बढी कमाई गर्नु पर्नेछ । ‘पिके’को रेकर्ड तोड्न सके ‘टाइगर जिन्दा हे’ बलिउडको सर्वाधिक कमाउने सिनेमाको दोस्रो स्थानमा उक्लनेछ । पहिलो नम्बरमा आमिर खानकै ‘दंगल’ रहेको छ । उसको भारत कलेक्सन मात्रै ३ सय ८७ करोड छ ।