‘पद्मावत’ ३ सय करोड क्लबमा पुग्ने सातौँ सिनेमा

‘पद्मावत’ ३ सय करोड क्लबमा पुग्ने सातौँ सिनेमा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूर स्टारर सिनेमा ‘पद्मावत’ले प्रदर्शनको ५० दिन पुरा गर्दै ३ सय करोड क्लबमा इन्ट्री गरेको छ ।

भारतमा मात्र ३ सय करोड भन्दा माथिको कमाई गर्ने यो सातौँ सिनेमा हो । यसअघि ३ सय करोड क्लबमा दंगल, पिके, टाइगर जिन्दा हे, सुल्तान, बजरंगी भाइजान र बाहुबली २ (हिन्दी भर्सन) प्रवेश गरिसकेका छन् ।

संजयलीला भन्साली निर्देशित सिनेमा बलिउडका लागि अहिलेसम्मकै महँगो बजेटमा निर्मित सिनेमा हो । २ सय करोड माथिको बजेटमा निर्मित सिनेमा प्रदर्शन अगाडी निक्कै विवादमा आयो । भारतका दुई राज्यमा रिलिज नभएको सिनेमाका केहि दृश्यहरु हटाइए पछी प्रदर्शनको आज्ञा पाएको थियो । सिनेमामा राजपुतनकी रानी ‘पद्मिनी’को जीवनकहानी प्रस्तुत गरिएको थियो । ‘पद्मिनी’को व्यक्तित्वमा आँच आउने गरि सिनेमा बनाइएको भनि राजपुतन र करणीसेनाको विरोध थेगेको सिनेमा सर्वाधिक कन्ट्रोभर्सीमा फस्यो । फलस्वरूप: सिनेमाको चर्चा व्यापक भैदिदा ‘पद्मावत’ बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भयो ।

यस्तो रह्यो ५० दिने बक्सअफिस कलेक्सन: बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले सिनेमाको सातौँ सातासम्मको कलेक्सन सार्वजनिक गरेका छन् । पहिलो दिन २४ करोड (पेड प्रिभ्यु ५ करोड + १९ करोड)को कलेक्सन गरेको सिनेमाले पहिलो साता १६६.५० करोड कमाई गर्यो । दोस्रो साता ६९.५०, तेस्रो साता ३१.७५, चौथों साता १४.१७, पाँचौं साता ७.५४, छैटौं साता ६.९८ र सातौँ साता ३.८२ करोड कलेक्सन गर्दै ‘पद्मावत’ ३ सय करोड (३ अर्व करोड)मा स्थान बनाउन सफल भयो । सिनेमाको टोटल नेट कलेक्सन ३००.२६ करोड पुगेको छ ।

भारतका केहि पर्दामा अझै प्रदर्शन भैरहेको ‘पद्मावत’को कलेक्सन अझ बढ्ने देखिन्छ ।