हेर्नुहोस् पाँच डाइलग प्रोमो, जसले ‘पद्मावत’ हेर्न उत्साहित गर्नेछ

हेर्नुहोस् पाँच डाइलग प्रोमो, जसले ‘पद्मावत’ हेर्न उत्साहित गर्नेछ

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बहुप्रतिक्षित बलिउड सिनेमा ‘पद्मावत’ आज रातिको अन्तिम सोजबाट भारतमा र भोलि विहिबारबाट विश्वका थुप्रै देशमा रिलिज हुदैछ । विवादित भएकै कारण चर्चामा रहेको सिनेमालाई बलिउडका थुप्रै समिक्षकले समेत हेरिसकेका छन् । र, उनिहरुको समिक्षामा सिनेमालाई उम्दा भनिएको छ ।

रिलिजको मुख मै सिनेमाका पाँच डाइलग प्रोमो रिलिज गरिएको छ । जुन, प्रोमो हेरेर दर्शक ‘पद्मावत’ हेर्न अझ उत्साहित हुन् सक्छन । यसअघि अफिसियल ट्रेलरमा दीपिका पादुकोण र साहिद कपूरको मात्र डाइलग समावेश गरिएको थियो । तर, अहिले रणवीर सिंहको डाइलगहरु पनि दर्शकले महसुस गर्न पाउने भएका छन् ।

संजयलीला भन्साली निर्देशित सिनेमामा दीपिका पादुकोण रानी ‘पद्मिनी’, साहिद कपूर राजा ‘रतनरावल’ र रणवीर सिंह ‘अलाउद्दीन खिलजी’को भूमिकामा छन् । सिनेमाको नेपालमा अग्रिम बुकिङ खुलिसकेको छ । मल्टीप्लेक्सका अधिकाँस सोज ‘पद्मावत’ दिइएको छ । ‘पद्मावत’ रिलिज भएका कारण हलमा यो साता नयाँ नेपाली सिनेमा रिलिज भएका छैनन् ।