शिर्ष १० मा ‘पद्मावत’, २ सय करोड पार !

शिर्ष १० मा ‘पद्मावत’, २ सय करोड पार !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – संजयलीला भन्साली ‘पद्मावत’ले प्रदर्शनको ११औं दिनमै २ सय करोडको आँकडा पार गरेको छ । कोइमोईको ‘अर्ली ट्रेन्ड’का अनुसार सिनेमाले दोस्रो आइतबार करिब १८ करोड जम्मा गरेको छ ।

यो सँगै २ सय करोडको भारी बजेटमा निर्मित सिनेमाले जम्मा कलेक्सन २ सय १० करोड पुर्याएको छ । राम्रो प्रतिक्रिया पाएको सिनेमाले ३ सय करोडको आँकडा छुन सक्ने बलिउड पण्डितहरु लेखेका छन् ।

अब ‘पद्मावत’ बलिउडका सर्वाधिक कमाई गर्ने सिनेमाको १० औं स्थानमा उक्लिएको छ । यो भन्दा अगाडी ‘चेन्नई एक्सप्रेस’, ‘कृष ३’, ‘किक’, ‘धूम ३’, ‘सुल्तान’, ‘बजरंगी भाईजान’, ‘टाइगर जिन्दा हे’ ‘पिके’ र ‘दंगल’ छन् ।

‘पद्मावत’मा दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपूरको मुख्य भूमिका छ ।

यो पनि पढ्नुहोस् –

भेट्रान निर्देशकको रोजाई रणवीर, आगामी सबै सिनेमा प्रतिक्षित