विकास बोर्ड अध्यक्षलाई सम्मान

विकास बोर्ड अध्यक्षलाई सम्मान

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – मंगलबार राजधानीमा कार्यक्रम गरेर नेपाली सिनेमा ‘फेरि फेरि’ घोषणा गरियो । पुरन थापाको लेखन/निर्देशन रहेको सिनेमाको कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल प्रमुख अतिथि स्वरूप उपस्थित भइन ।

उक्त कार्यक्रममा ‘फेरि फेरि’को निर्माण कम्पनी माता बसुन्धारा मुभीजले प्रथम महिला बोर्ड अध्यक्ष निकीतालाई सम्मान गरेको थियो । लामो समयदेखि सिनेमाका बिबिध पक्षमा क्रियाशील अध्यक्ष निकीताको कार्यकालमा नेपाली सिनेमा क्षेत्रको श्रीबृद्धिको कामनासहित उनलाई सम्मान गरिएको निर्देशक पुरनले बताए ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘फेरि फेरि’लाई शुभकामना दिदै फिल्म निर्माणमा मात्र नभइ प्रदर्शनमा पनि अध्याधुनीक प्रबिधिको ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए । उनले शहरी क्षेत्रका कतिपय हलमा अहिलेसम्म पनि एचडिमै फिल्म देखाइने गरिएको बताउदै कम्तीमा सबै हलमा टु–के प्रोजेक्सनको अपरिहार्यता औल्याए ।

कार्यक्रमकी प्रमुख अथिति तथा बोर्ड अध्यक्ष निकीताले नेपाली सिनेमा क्षेत्रले आफूमाथि राखेको बिश्वास पूरा गर्न आफू लागीपरेको बताइन् । उनले फेरि फेरिलाई सफलताको शुभकामना दिदै आफ्नो कार्यकालमा नेपाली सिनेमा क्षेत्रको बिकासका लागि ठोस काम हुने दावी गरिन् ।