राजधानीका मल्टीप्लेक्समा फागुन १ बाटै बक्सअफिस सिस्टम

राजधानीका मल्टीप्लेक्समा फागुन १ बाटै बक्सअफिस सिस्टम

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकास बोर्डले राजधानीका मल्टीप्लेक्समा फागुन १ गतेबाटै बक्सअफिस सिस्टम लागु गर्ने भएको छ । सुचना तथा संचारमन्त्रि मोहनबहादुर बस्नेतको अध्यक्षतामा विहिबार बसेको बैठकले पुर्वनिर्धारित निर्णयहरुमा संसोधन गरेको हो ।

यसअघि बैशाख १ बाट राजधानीका हलहरुमा बक्सअफिस सफ्टवेयर प्रारम्भिक परिक्षण सुरु गर्ने निर्णय गरिएको थियो । बोर्ड अध्यक्ष निकिता पौडेलले भन्नु भयो  ‘पहिलेका केहि निर्णय यथावत राख्दै राजधानीका मल्टीप्लेक्समा फागुन १ गतेबाट यो सिस्टम सुचारु गर्दैछौ । राजधानी बाहिर माघ १ गते भन्दा अगाडी नै बक्सअफिस सिस्टम लागू हुन् पनि सक्छ ।’

हार्डवेयर र नेटवर्किङ जोड्न नसक्ने हलहरुलाई आर्थिक सहायताको लागि संचार मन्त्रालयलाई पत्राचार गर्न बोर्डमा सिफारिस गरिएको छ । साथै, बक्सअफिस सिस्टमका लागि भरपर्दो इन्टरनेट प्रदान गर्न नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायकसँग पत्राचार गर्न पनि सिफारिस गरिएको पौडेलले बताउनु भयो ।

बक्सअफिसको सर्भर कुनै निजी कम्पनीलाई जिम्मा दिने तयारी समेत गरिएको छ । जसलाई, चलचित्र विकास बोर्ड, चलचित्र संघ र चलचित्र निर्माता संघका प्रतिनिधीको निगरानीमा संचलान गरिनेछ । यस्तै, चलचित्र सेन्सर बोर्डमा चलचित्र संघ र चलचित्र निर्माता संघका १–१ जना आमन्त्रित प्रतिनिधी राख्ने बिषयमा पनि मन्त्री बस्नेतसँग कुराकानी गरिएको छ ।