दयाहाङको ‘नेप्टे’ ट्रेलर रिलिज

दयाहाङको ‘नेप्टे’ ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – दयाहाङ राई स्टारर सिनेमा ‘नेप्टे ‘को ट्रेलर रिलिज भएको छ । देवकुमार श्रेष्ठ निर्देशित सिनेमाको ट्रेलरलाई कमर्सियल बनाइएको छ । अझ भन्नु पर्दा ट्रेलरमा चल्तीमा रहेको कमेडी फ्लेवरलाई प्राथमिकता दिईएको छ ।

चैत ३० गते रिलिज हुने सिनेमामा दयाहाङ राईसँगै छुल्ठिम गुरुङ, बुद्दी तामाङ, रोहित रुम्बा, अर्जुन गुरुङ, पुर्णिमा लामा, प्रनिशा सिलवालको मुख्य भूमिका छ । सिनेमाका दुई गीत पनि सार्वजनिक भैसकेका छन् । जसको चर्चा औसत रह्यो ।

आर रोशफी फिल्मसको व्यानरमा रोहित रुम्बाले निर्माण गरेको सिनेमामा बाबू बोगटी/सन्तोष राज/रोहित रुम्बाको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हरिघले लामाको छायाँकन, रोशन श्रेष्ठको एक्सन, रोहित रुम्बाको कथा र तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।