नेप्टे गीत: बुद्दी, छुल्ठिम र रोहितले मर्काए कम्मर

नेप्टे गीत: बुद्दी, छुल्ठिम र रोहितले मर्काए कम्मर

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – चैत ३० लाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘नेप्टे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘सुपारी काँचो’ बोलको गीतमा बुद्दी तामाङ छुल्ठिम गुरुङ, रोहित रुम्बा र सिनेमाका अन्य थुप्रै कलाकार फिचर्ड छन् ।

राजधानीमा एक प्रेसमिट आयोजना गर्दै सिनेमाको गीत रिलिज गरियो । सार्वजनिक गीतमा भानुभक्त ढकालको शब्द, ओम सुनारको संगीत र सावित्री जोशी/ओम सुनारको स्वर छ । गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।

आर रोशफी फिल्मस् र रोहित रुम्बाको प्रस्तुति रहेको सिनेमालाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकल घिमिरेको पटकथा/संवाद रहेको ‘नेप्टे’लाई रोहित रुम्बाले नै लेखेका हुन् । सिनेमाको उनि निर्माता समेत हुन् ।

दयाहाङ राई, रोहित रुम्बा, बुद्दी तामाङ, छुल्ठिम गुरुङ, पुर्णिमा लामा, अर्जुन गुरुङ, अरुणा कार्की लगायतले अभिनय गरेको सिनेमामा जयकिशन बस्नेत अतिथि कलाकारको रुपमा छन् । सिनेमामा तारा थापा (किम्भे)को सम्पादन, हरिघले लामाको छायाँकन रहेको छ ।