दयाहाङ र रोहितको ‘नेप्टे’ पोस्टर रिलिज

दयाहाङ र रोहितको ‘नेप्टे’ पोस्टर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्षको अन्तिम सिनेमास्वरूप रिलिज हुने ‘नेप्टे’को पोस्टर सार्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठ निर्देशित सिनेमाको पोस्टरमा मुख्य कलाकारलाई हाइलाइट गरिएको छ ।

दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, ए गुरुङ, वुद्दी तामाङ लगायतका कलाकारलाई पोस्टरमा स्थान दिइएको छ । सिनेमा दयाहाङ पहिलो पटक नेगेटिभ रोलमा प्रस्तुत भएका छन् ।

चैत ३० गते रिलिज हुने ‘नेप्टे’मा किरण माइकलको पटकथा/संवाद, रोहित रुम्बाको कथा/निर्माण, हरि घले लामाको छायाँकन, तारा थापा किम्भेको सम्पादन, रोशन श्रेष्ठको द्वन्द र कविराज गहतराजको कोरियोग्राफी छ । सिनेमाका सार्वजनिक दुई गीत र ट्रेलर औसत चर्चामा छन् ।