‘नेप्टे’ क्लब सङ रिलिज

‘नेप्टे’ क्लब सङ रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘नेप्टे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘दिल रानी…’ बोलको ‘क्लब सङ’मा छुल्ठिम गुरुङ र रोहित रुम्बाले कम्मर मर्काएका छन् ।

सन्तोष राजको संगीत रहेको गीतमा उदितनारायण झा र सेलिना कुँवरको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतलाई हरि घले लामाले खिचेका छन् ।

चैत ३० गते प्रदर्शन हुने ‘नेप्टे’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । सिनेमामा छुल्ठिम र रोहितसँगै दयाहाङ राई, बुद्दी तामाङ, अर्जुन गुरुङ, पुर्णिमा लामा र अरुणा कार्कीको मुख्य भूमिका छ । आर रोशफी फिल्मस् र रोहित रुम्बाको प्रस्तुति रहेको सिनेमालाई रोहित रुम्बाले लेखेका हुन् । उनि सिनेमाका निर्मातासमेत हुन् ।