‘रानीमहल’मा वर्षासँग दुई नयाँ हिरो !

‘रानीमहल’मा वर्षासँग दुई नयाँ हिरो !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – प्रेमकथामा ‘रानीमहल’ सिनेमा बन्ने भएको छ । तर, प्रेम प्रतिकको रुपमा रहेको ‘रानीमहल’मा भने सिनेमा आधारित हुने छैन । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने सिनेमाको विहिबार अन्नपूर्ण होटेलमा अफिसियल घोषणा गरियो ।

सिनेमामा प्रेमसँगै मित्रता, पुत्र मोह, आदि विषयलाई रोचक ढंगबाट प्रस्तुत गरिने डेब्यु निर्देशक हिमाल न्यौपानेले बताए । वर्षा सिवाकोटी, आशिष अधिकारी, साहिल श्रेष्ठ र मानस्वी खरेलको मुख्य भूमिका रहेनी सिनेमामा निर शाह, बिएस राना, केशव भट्टराई, सुष्मिता बमजन, प्रशान्त ताम्राकार, दिपक क्षेत्री, रश्मि भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, युनिता खत्री लगायत थुप्रै कलाकारको अभिनय रहनेछ । वर्षा बाहेक मुख्य भूमिका निर्वाह गर्ने तीन कलाकारको लागी ‘रानीमहल’ डेब्यु हो ।

डेढ करोडको बजेटमा निर्माण हुने सिनेमा माघ तेस्रो साता देखि फ्लोरमा जानेछ । निरज कँडेलले खिच्ने सिनेमा बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौँमा छायाँकन हुनेछ । छायाँकनको लागि ४५ दिनको सेड्युल छुट्टयाइएको छ ।

स्वास्तिक फिल्मस्को व्यानरमा निर्माण हुने ‘रानीमहल’मा बिमल भुसालको लगानी रहनेछ । सिनेमामा दीपक पौडेलको पटकथा, हिमाल केसीको द्वन्द, अर्जुन पोखरेल/हर्कुलस बस्नेतको संगीत, कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी र सुष्मा थापा/सागर बुढा मगरको कस्ट्युम डिजाइन रहनेछ ।

तस्विर: उद्दव रसाईली