‘ब्रेकअप’ घोषणासँगै रिलिज मिति तय

‘ब्रेकअप’ घोषणासँगै रिलिज मिति तय

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – लामो समयदेखि चर्चामा रहेर अफिसियल घोषणा हुन् नसकेको सिनेमा ‘ब्रेकअप’को अन्तत: घोषणा गरिएको छ । अब सिनेमा आइतबारबाट फ्वोरमा जानेछ ।

राजधानीमा शुक्रबार सिनेमाको बारेमा जानकारी दिन प्रेसमिटको आयोजना गरियो । पहिले ‘ब्रेकअप’ नाम राखिएको सिनेमालाई अहिले ‘द ब्रेकअप’ नाम दिईएको छ । सिनेमामा ‘ग्याङस्टार ब्लुज’ डेब्यु आशिरमान देशराज जोशीसँगै शिल्पा पोखरेल, सलोन बस्नेत, इच्छा कार्की र सरोज खनालको मुख्य भूमिका रहनेछ ।

हेमराज विसीले निर्देशन गर्ने सिनेमालाई रोहित अधिकारी फिल्म्सको व्यानरमा रोहित अधिकारीले निर्माण गर्नेछन् । रोहितले यसअघि ‘गाजलु’ निर्माण गरेर सफलताको स्वाद चाखीसकेका छन् ।

अस्ट्रेलिया र पोखरामा खिचिने सिनेमा रोमान्टिक कमेडी जानरामा निर्माण हुनेछ । सिनेमाको लागि आगामी वर्षको भदौ १५ गते रिलिज डेट तोकिएको छ ।