‘ब्ल्याक’ गीत: आकाशको ‘चङ्गा जस्तै मन चैट’

‘ब्ल्याक’ गीत: आकाशको ‘चङ्गा जस्तै मन चैट’

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – आँचल शर्मा र आकाश श्रेष्ठ अभिनित सिनेमा ‘ब्ल्याक’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा प्रेसमिट गरि सार्वजनिक गरिएको गीतमा आकाश श्रेष्ठसँगै अन्य चार कलाकार फिचरिङ छन् ।

‘चङ्गा जस्तै मन चैट…’ बोलको गीतमा प्रतिक पौडेलको शब्द, संगीत र स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतलाई रामशरण उप्रेतीले खिचेका हुन् । सिनेमाको गीत रिलिज कार्यक्रममा आँचल शर्मा भने उपस्थित भइनन ।

आश्मा फिल्मस प्रालिको व्यानरमा ‘ब्ल्याक’लाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । प्रदीप श्रेष्ठ निर्देशित सिनेमाको आधिकारिक रिलिज डेट जेठ ११ तोकिएको छ । सिनेमामा आँचल र आकाशका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील छेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनय छ ।

एक्सन लभस्टोरी जनराको सिनेमा मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ, भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेले कोरियोग्राफी भरेको सिनेमामा अर्जुन जिसीको सम्पादन छ । सिनेमालाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन्, भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे सिनेमाका कार्यकारी निर्माता हुन् ।