गलत व्यापारिक रिपोर्टप्रति चलचित्र संघको ध्यानाकर्षण

गलत व्यापारिक रिपोर्टप्रति चलचित्र संघको ध्यानाकर्षण

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र संघले सिनेमाको गलत व्यापारिक रिपोर्टप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ । पछिल्लो समय सार्वजनिक हुने सिनेमाको व्यापार एकदमै गलत भएको र मिडियामा सम्प्रेसन भए जस्तो सिनेमाको व्यापार नभएको संघले निष्कर्ष निकालेको छ ।

आगामी दिनमा हल संचालक र वितरकहरुलाई सहि रिपोर्ट प्रदान गर्न र मिडियालाई पनि सहि समाचार मात्र सम्प्रेषण गर्न संघले आग्रह गरेको छ । बढाई-चढाई गरेर सिनेमाको व्यापारिक रिपोर्ट मिडियामा आउँदा सिनेमा क्षेत्रलाई प्रतिकूल असर पर्ने संघको विज्ञाप्तिमा लेखिएको छ । संघले आफ्ना सदस्यहरुलाई समेत सत्य-तथ्य र यथार्थपरक व्यापारिक रिपोर्ट मात्र संचार-माध्यमलाई दिन आग्रह गरेको छ ।

साथै, संघको ४५ औं बार्षिक साधारणसभा आगामी चैत ६ गते बुटवलमा गरिने विज्ञाप्तिमा उल्लेख छ । साधारणसभा सभ्य र भव्य बनाउन कपिलप्रसाद द्धाको संयोजकत्वमा ७ सदस्यीय सभा तयारि समिति गठन गरिएको छ ।