नेफ्टा अवार्डको १० र ११ औं संस्करण घोषणा

नेफ्टा अवार्डको १० र ११ औं संस्करण घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र प्राविधिक संघले गर्दै आईरहेको नेफ्टा अवार्डको १० र ११ औं संस्करण घोषणा गरिएको छ । यी दुवै संस्करण विदेशमा आयोजना हुनेछन् ।

संघका अध्यक्ष पुस्कर लामाले बसन्त पन्चमीको अवसरमा १० औं संस्करणको अवार्ड हुने मिति घोषणा गर्दा ११ औं संस्करण आगामी वर्षको दशैं अगाडी नै सम्पन्न गर्ने जानकारी दिए । ११ औं संस्करण भने फागुन ३० मा हुनेछ ।

आउँदो सातादेखि पाँच सदस्यीय जुरीले सिनेमा मुल्यांकनको काम सुरु गर्नेछन् । भने, दुई सातापछी सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् ।

‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’ चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड