पत्रिकामा सजिएर पत्रिकाकै बीचमा निता !

पत्रिकामा सजिएर पत्रिकाकै बीचमा निता !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सुन्दरी अभिनेत्री नीता ढुंगाना ‘सम्पूर्ण’ पत्रिकाको ब्लोअपमा छाएकी छन् । पहिलो पटक पुरै पत्रिकाको पहिरणमा सजिएकी नीताले यो फोटोशूटबाट थुप्रैको ध्यान खिच्न पनि सफल भएकी छन् ।

नविन लुइँटेलले डिजाइनमा तयार भएको पहिरण आकर्षण लाग्छ । गीता गिरी (मायाज ब्युटीपार्लर)को मेकअपमा सजिएकी नीतालाई फोटोग्राफर संजय रौनियारले क्यामेरामा कैद गरेका हुन् ।

सिनेमा ‘हुर्रे’को आइटम गीतमा गरेको नृत्यले नीता पछिल्लो समय चर्चामा आएकी थिइन् । नीता अभिनित ‘पंचायत’ यहिँ चैत २ गते प्रदर्शनमा आउदैछ । जुन सिनेमाबाट नीताले अमेरिकी फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितेकी थिइन् ।

फोटो: संजय रौनियारको फेसबुक प्रोफाइलबाट