‘नाई नभन्नु ल ५’मा दिलिप, स्वस्तिमा र बुद्दीको इन्ट्री

‘नाई नभन्नु ल ५’मा दिलिप, स्वस्तिमा र बुद्दीको इन्ट्री

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपालको सर्वाधिक चर्चित र सफल फ्रेन्चाइज ‘नाई नभन्नु ल’को पाँचौ सिरिज बन्ने भएको छ । बिकासराज आचार्यले निर्देशन गर्ने ‘नाई नभन्नु ल ५’को लागि अभिनेता दिलिप रायमाझी फाइनल भएका छन् ।

निर्देशक आचार्यका अनुसार ‘नाई नभन्नु ल ५’बाट नृत्यमा पोख्त दिलिपले कमब्याक गर्न लागेका हुन् । सिनेमामा दिलिप ओपोजिट प्रियंका कार्की पनि फाइनल भएकी छन् । प्राय: अघिल्लो सिरिजकै कलाकारहरु हावी भएको ‘नाई नभन्नु ल ५’मा स्वस्तिमा खड्का र बुद्दी तामाङको इन्ट्री भएको छ । साथै, बालकलाकार स्वरूप सेड्रीना शर्मा पनि अनुबन्धित भएकी छन् । सिनेमामा अभिषेक नेपाल, जयनन्द लामा, उत्तम केसीको पनि अभिनय रहनेछ ।

चैत पहिलो साताबाट छायाँकनमा जाने सिनेमामा बिकासकै निर्माण रहनेछ । कथा, पटकथा र संवादमा भने सामिप्यराज तिमिल्सिनासँग निर्देशक आचार्यको सहकार्य रहनेछ । ‘नाई नभन्नु ल ५’मा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ ।